राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध
प्रकाशित मिति : २३ माघ २०७९, सोमबार ०७:३१
काठमाडाैं । राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकबाट माओवादी केन्द्रकी सांसद् अर्याल निर्विराेध रुपमा उपाध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अर्याल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयाे । राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।
0
Shares