४ फाल्गुन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

२३ हजार बाहिरिए, १२ हजार भित्रिए

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार ११:०४


काठमाडौं । गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्क अनुसार १२ हजार चार सय जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार चार सय ६८ जना विदेशी नागरिक र १० हजार नाैं सय ३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् ।

गत मेमा नेपाल भित्रनेभन्दा बाहिरिनेको तथ्याङ्क दोब्बर छ । सो अवधिमा २३ हजार एक सय ३५  बाहिरिएका छन् । बाहिरिनेमध्ये नौ हजार नाै सय ७७ विदेशी र १३ हजार एक सय ५८ जना नेपाली छन् । अन्य महिनाको तुलनामा मेमा कम संख्यामा विदेशी नेपाल भित्रिएका छन् । कोभिड महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिलमा एक सय ४४ देशबाट २२ हजार चार सय ५० जना विदेशी नेपाल भित्रिएका थिए ।

यस्तै, गत अप्रिलमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार सात सय ७५ नेपाली विदेशिएका छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !