२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ग्यालेक्सी टीभीका सञ्चालक छविलाल जोशी पक्राउ

प्रकाशित मिति :  ६ आश्विन २०८१, आईतवार १९:१६


काठमाडौं । सहकारी बचतरकम हिनामिना प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले काठमाडौंबाटै आइतबार पक्राउ गरेको हो । जोशीलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने भएको छ ,
सूर्यदर्शनको ठूलो रकम गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा हालिएको थियो ।

गत भदौ ३१ गते मन्त्रिपरिषद् बैठकबाट पारित सहकारीको बचत हिनामिनासम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री लेखकले आइतबार मात्रै प्रहरीलाई निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै छवि समातिएका हुन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !