दमकमा ध्रुवतारा स्पोर्टिङ क्लबले डीएसपी किसोर लम्सालाई स्वागत गर्यो
प्रकाशित मिति : 12 November, 2025 4:08 pm
काठमाडौं। ईलाका प्रहरी कार्यालय दमकका नयाँ प्रमुख डीएसपी किसोर लम्सालाई ध्रुवतारा स्पोर्टिङ क्लबले स्वागत गरेको छ।
क्लबका अध्यक्ष मोहन मगरले कात्तिक २४ गते इलाका प्रहरी कार्यालय दमकमा एक विशेष कार्यक्रममा लम्सालाई स्वागत गरेका हुन्। यस अवसरमा, क्लबका सदस्यहरूले आफ्नो सम्मान व्यक्त गर्दै, नयाँ कार्यभार सम्हाल्नुभएको लम्सालाई शुभकामना दिएका थिए।
यसअघि, इलाका प्रहरी कार्यालय दमकका डीएसपी राम प्रसाद तिमल्सीना थिए। नयाँ नियुक्तिमा आएका लम्साले समाजमा सुरक्षा र शान्तिका लागि आफूले जिम्मेवारी लिने प्रतिबद्धता जनाएका छन्।
904
Shares












